७ कार्तिक २०८३, शनिबार

सिरियामा यसरी बेचिन्छन् नेपाली चेली

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

dance-bar-thamelकाठमाडौँ, २३ असार । नेपाली युवतीलाई सिरिया पु¥याई बेचबिखन गर्ने पर्वत उरामपोखरा–६ घर भई काठमाडौँ चावहिल बस्ने ३८ बर्षीय एसके भन्ने शोभाकान्त भट्टराईलाई प्रहरीले पक्राउ गरेको छ ।

बुटवल शंकरनगर-३ घर भई हाल सिरियामा बेचीन पुगी कष्टकर जिवन बांच्न बाध्य भएकी थापा मगरकी युवतीलाई बेच्ने भट्टराईलाई केन्द्रीय अनुसन्धान व्यूरोबाट खटिएको प्रहरी टोलीले सोमबार काठमाडौँ महानगरपालिका–७ चावहिलबाट पक्राउ गरेको हो ।

विभिन्न सामाजिक संञ्जाल र संचार माध्यमहरु मार्फत “सरकार म बाँच्न चाहन्छु, यो नर्कबाट बचाउनुहोस” भन्ने शिर्षकमा पीडित थापा मागरले आफुलाई बेच्ने व्यक्तिलाई पक्राउ गरी कानून बमोजिम कारवाही गर्न भनी नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय, श्रम तथा रोजगार मन्त्रालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, बैदेशिक रोजगार तथा श्रम सहचारी समन्वय शाखा समेतबाट लेखापढी हुदै प्रहरी प्रधान कार्यालय, प्रहरी महानिरीक्षकको सचिवालयको पत्र आएपछि व्यूरोले खोजी गर्दा भट्टराईलाई फेला पारेको थियो ।

पक्राउ परेका भट्टराईको कोठाबाट विभिन्न युवतीहरुको राहदानी ४ थान, पुलिस रिपोर्ट १५ थान, मेडिकल रिपोर्ट १२ थान, इ-भिषा पाना २० र फोटो २३ थान लगायतका सामान बरामद भएको थियो ।

भट्टराईलाई प्रमाणसहित मुद्धा दर्ता गर्ने क्षेत्राधिकार रुपन्देही जिल्ला अदालत अन्तर्गत पर्ने भएकोले थप अनुसन्धान एवं कारवाहीको लागि मंगलबार इलाका प्रहरी कार्यालय बुटवल पठाइएको छ । भट्टराईले युवतीलाई सिरिया लगेर डान्सबारका यौन धन्दामा लगाउँदै आएका थिए ।

पक्राउ परेका भट्टराईले ती युवती समेत ३ जनालाई काठमाडौँ बोलाई राहदानी बनाई सुनौली नाका हुदै भारतको दिल्ली महिपालपुरमा १५ दिनसम्म राखी दुवई हुदै सिरिया पठाएको र अहिलेसम्म उनले २५/३० जनालाई कुवेत, १०/१५ जनालाई दुवई र ३ जना युवतीहरुलाई सिरिया पठाएको खुल्न आएको छ । निज भट्टराई कुनै पनि म्यानपावर कम्पनीको संचालक नभएको तथा बैदेशिक रोजगारीमा मानिस बिदेश पठाउन सम्बन्धीत निकायबाट ईजाजत पत्र समेत नलिएको खुल्न आएको छ ।