७ कार्तिक २०८३, शनिबार

एसएलसीमा राम्रो नतिजा नल्याउने विद्यालयका शिक्षकलाई कारवाही

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

slcपाँचथर, २३ असार । यस वर्षको एसएलसी परीक्षामा शून्य नतिजा ल्याउने सामुदायिक विद्यालयमा शिक्षण गर्ने आठ विद्यालयका शिक्षकलाई जिल्ला शिक्षा कार्यालयले स्पष्टीकरण मागेको छ ।

जिल्ला शिक्षा अधिकारी ज्ञानमणि नेपालले भन्नुभयो – “शैक्षिक सुधारको निम्ति यति धेरै शिक्षा कार्यालयको सहयोग हुँदाहुँदै पनि शिक्षकले नपढाएर विद्यार्थी अनुत्तीर्ण भएका हुन्, त्यस्ता शिक्षक राखेर विद्यार्थीको भविष्य बिगार्नु हुँदैन, त्यसैले धेरै अनुत्तीर्ण हुने विद्यालयका शिक्षकहरुलाई अवकाशका लागि स्पष्टीकरण मागेका छौँ ।” उहाँका अनुसार अवकाशका लागि अहिले स्पष्टीकरण सोधेको र चित्तबुझ्दो जवाफ नआए ती शिक्षकहरुलाई अवकाश दिइँदैछ ।

यस वर्षको एसएलसी परीक्षामा सिद्ध महेन्द्र मावि आङ्ना, त्रिवेणी मावि मौवा, सरस्वती उच्च मावि मेमेङ, सिंहसिद्ध मावि याङ्नाम, खान्द्रोङ मावि सराङ्डाँडा, सिंहसिद्ध मावि लुङ्रुपा र सिंहदेवी मावि सिदिनको नतिजा शून्य रहेको छ ।

यस वर्षको एसएलसी परीक्षामा उत्तीर्ण प्रतिशत दर भने बढेको छ । गत वर्ष १३ प्रतिशतमात्रै उत्तीर्ण दर रहेको यस जिल्लामा अहिले २९ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएको शिक्षा कार्यालयले जनाएको छ । रासस