२० कार्तिक २०८३, शुक्रबार

युनिटीका संचालक विष्णु क्षेत्रीको ‘हत्या’ शंकास्पद

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Krishna-chettri

काठमाडौँ, २३ असार । युनिटी लाइफ इन्टरनेशनलका प्रबन्ध निर्देशक विष्णु क्षेत्रीको हत्या भएको खबर सार्वजनिक भएपनि त्यो निकै शंकास्पद देखिएको छ ।

विष्णुका दाजु कृष्ण क्षेत्रीले भाइको हत्या भएको खबरसहितको तस्वीर फेसबुकमार्फत सार्वजनिक गरेपनि प्रहरी यसबारे बेखबर रहेको छ । नेपाल प्रहरीको अपराध अनुसन्धान महाशाखाका प्रमुख (एसएसपी) सर्वेन्द्र खनालले दैनिक नेपालमा तस्वीरसहितको समाचार सार्वजनिक भएपछि अनुसन्धान थालिएको जानकारी दिए ।

तस्वीरमा रगतले लत्पतिएको मृतशरीर देखिए पनि त्यसको आधिकारिक पुष्टि हुन नसकेको एसएसपी खनालको भनाइ छ । यसबारे वास्तविक तथ्य बाहिर ल्याउन उपत्यकाका तीन वटै जिल्लाका प्रहरी परिचालन गरिएको छ ।
विष्णुले मंगलबार साँझ ५ बजे भैँसेपाटीमा गोली हानी हत्या गरिएको अवस्थामा विष्णु भेटिएको र उनका साथीहरुले मंगलबार नै दाहसंस्कार गरिएको खबर आफूले प्राप्त गरेको बताएका छन् । युनिटीको ठगी काण्ड सार्वजनिक भएपछि क्षेत्री दाजुभाइ नै फरार थिए । उनीहरु दुवै जना नेपाल र भारतमा लुकीलुकी हिँड्ने गरेका छन् ।

प्रहरीले युनिटीका सदस्यबाटै विष्णुको हत्या भएको हुनसक्ने आशंका समेत गरेको छ । तर, युनिटीका सदस्यहरुले भने प्रहरीबाट बच्नका लागि विष्णु र कृष्णले हत्याको नाटक रचेको दाबी गरेका छन् ।
यो पनि पढ्नुहोस्ः
युनिटीका सञ्चालक विष्णु क्षेत्रीको ‘हत्या’ ?