७ कार्तिक २०८३, शनिबार

जङ्गली च्याउ खाँदा चार बालबालिका बेहोस

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

chyauभीमदत्तनगर, २३ असार । जङ्गली च्याउ खाँदा डोटीमा मङ्गलबार चार बालबालिका बेहोस भएका छन् ।

डोटीको भूमिराजमाडौँ गाविस–४ का २ वर्षीय कृष्ण नेपाली, ५ वर्षीया रोमाली नेपाली, ९ वर्षीया जुनेली नेपाली र ९ वर्षीय राजेश नेपाली बेहोस भएको सुदूरपश्चिम क्षेत्रीय प्रहरी कार्यालय दिपायलले जनाएको छ ।

उनीहरुको सुजङ अस्पताल राजपुरमा उपचार हुन नसकेपछि थप उपचारका लागि डोटी जिल्ला अस्पताल लगिएको छ । रासस