२० कार्तिक २०८३, शुक्रबार

साउनभित्रै नयाँ संविधान : नेता भट्टराई

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Baburam Bhattaraiगोरखा, २३ असार । एकीकृत नेकपा माओवादीका वरिष्ठ नेता डा बाबुराम भट्टराईले संविधानसभाबाट छिट्टै सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संविधान जारी हुने बताउनुभएको छ ।

संविधानको प्रारम्भिक मस्यौदा संविधानसभाबाट पास गरेर आजदेखि जनतामाझ लगिएको भन्दै उहाँले साउनभित्रै नयाँ संविधान जारी हुने बताउनुभयो ।

ज्येष्ठ नागरिक सङ्घ गोरखाले सदरमुकाममा बुधबार आयोजना गरेको कार्यक्रममा नेता भट्टराईले भन्नुभयो, ‘छिट्टै संविधान जारी हुन्छ, संविधानको मस्यौदा पढेर आफ्ना हक, अधिकार समेटिएको वा छुटेको भए सुझाव दिनुहोला ।’