७ कार्तिक २०८३, शनिबार

बेपत्ता आमाछोरी अझै फेला परेनन्

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

खोटाङ, २३ असार । बाढीमा परी बेपत्ता आमाछोरी अझै फेला परेका छैनन् ।

गत शनिबार मात्तिम र रतन्छा गाविसका बीचमा स्थानीयवासी नीरकुमार राईको तावा खोला किनारमा रहेको गोठमा राति सुतेका बखत मात्तिम–५ की ४० वर्षीया परीमाया राई र उनकी छोरी समितालाई बाढीले बगाएर बेपत्ता बनाएको थियो ।

उनीहरूको खोजीका लागि नेपाल प्रहरी र स्थानीयवासी सक्रिय रहे पनि हालसम्म फेला पार्न नसकिएकोे प्रअिज गोविन्द सापकोटाले बताउनुभयो । आमाछोरीसँगै तीन गोरु, दुई गाई र दुई मिलसमेत बगाएको थियो ।

बाढीले खोला किनार आसपासका खेत र पाक्न लागेको साउने धानसमेत पुरेको कृषकले बताएका छन् । रासस