२९ आश्विन २०८३, बिहिबार

दुई किशोरीहरूले गरे विहे, कसरी होला यौनसम्वन्ध ?

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Bihe-Nepaliधनगढी, २३ असार । अल्पसंख्यक जातीमा सूचीकृत वादी समुदायका दुई किशोरीले समलिंगी विवाह गरेका छन् ।

कैलालीको लम्बी –चुहा नगरपालिका–१, बल्चौरकी १९ वर्षीया मीना वादी र बर्दिया तारातालकी १८ वर्षीया सीमा वादीले समलिंगी विवाह गरेको समाचार राजधानी दैनिकले छापेको छ ।

विगत आठ वर्षदेखि एक आपसको मायाजालमा फसेका मीना र सीमाले गत फागुन महिनामा घरबाट भागेर समलिंगी विवाह गरेका हुन् ।

बर्दियाकी सीमा कैलालीको बल्चौरमा रहेकी दिदीको घरमा आइरहन्थिन्, त्यतिबेला आफूसँग परिचय भई मायाजालमा फसेपछि आफूहरुर्ला समलिंगी विवाह गरेका मीनाले बताइन् ।

उनीहरुका अनुसार मीना श्रीमान हुन भने सीमा श्रीमती ।

मीना केटी भए पनि व्यवहार, कपडा लगाउने स्टाइल, बोल्ने शैली केटाजस्ता भएकोले आफूले मन पराई मीनालाई श्रीमान् मानेर आफूले विवाह गरेको सीमाले बताइन् ।