७ कार्तिक २०८३, शनिबार

नेपालमा एकैदिन दुई जिल्लालाई केन्द्रविन्दु बनाएर नयाँ दुई भूकम्पको धक्का

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

bhukampaकाठमाडौँ, २२ असार । नेपालमा मंगलबार एकैदिन दुई जिल्लालाई केन्द्रविन्दु बनाएर दुई वटा नयाँ भूकम्प गएका छन् ।

गत वैशाख १२ गतेको विनाशकारी भूकम्पपछि आज बिहान ९ बजेर ३१ मिनेट जाँदा बाजुराको मदना आसपास केन्द्रबिन्दु भएको ४.६ रिक्टर स्केलको नयाँ भूकम्प गएको छ ।

खानी तथा भूगर्भ विभाग, राष्ट्रिय भूकम्प मापन केन्द्रको बेवसाइटमा आजै अपराह्न ३ बजेर २१ मिनेट जाँदा बागलुङको ढोरपाटन सिकार आरक्षण नजिक केन्द्रविन्दु भएको ४.२ रिक्टर स्केलको नयाँ भूकम्प गएको जनाइएको छ ।

वैशाख १२ गते गोरखा केन्द्रविन्दु भएर गएको शक्तिशाली भूकम्पको २ महिनापछि बाजुरा र बागलुङमा पहिलो पटक नयाँ भूकम्प गएको हो । यसअघि हुम्लामा दुई पटक र रुकुममा एक पटक गरी तीन पटक नयाँ भूकम्प गइसकेका छन् ।

earth-quake