७ कार्तिक २०८३, शनिबार

व्यवसायीलाई अपहरण गरी ६० लाख फिरौती माग्ने पक्राउ

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

pakrau chorसुरुङ्गा (झापा), २२ असार । बिर्तामोड नगरपालिकाका एक व्यवसायीलाई अपहरण गरी रु ६० लाख फिरौती माग्ने गिरोहमध्येका दुई जनालाई प्रहरीले आज पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा इलाम नगरपालिका–१ का राजदीप सुवेदी र वडा नं २ का कमला मास्के रहेको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ । उनीहरूले यही असार १५ गते बिर्तामोड–६ का रवि अग्रवाललाई अपहरण तथा शरीर बन्धक बनाएर रु ६० लाख फिरौती मागेको बताइएको छ ।

उनीहरूलाई बिर्तामोडस्थित मुक्तिचोकबाट यही असार २० गते पक्राउ गरी हाल इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखेर अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ । रासस