३० आश्विन २०८३, शुक्रबार

सूर्तीजन्य पदार्थमा कर बढाईने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

cigreteकाठमाडौं, २२ असार । विश्व स्वास्थ्य सङ्गठनले संसारका कमैमात्र देशले उक्त सङ्गठनको मापदण्डबमोजिम सूर्तीजन्य पदार्थमा कर लगाएको जनाएको छ ।

उक्त सङ्गठनले सूर्तीजन्य पदार्थहरुमा स्थानीयस्तरमा तय गरिएको खुद्रा मूल्यको कम्तीमा पनि ७५ प्रतिशत कर लगाउँदा विश्वमा धुम्रपान नियन्त्रणमा सहयोग पुग्ने धारणा राखेको छ ।

हालैमात्र उक्त सङ्गठनले सार्वजनिक गरेको एक प्रतिवेदनमा यसरी कर लगाउने राष्ट्र संसारमा निकै थोरैमात्र पाइएको छ ।

मङ्गलबार विश्वमा धूमपान उपभोगको अवस्थाका बारेमा उक्त सङ्गठनले मङ्गलबार एक प्रतिवेदन सार्वजनिक गरेको छ ।

उक्त प्रतिवेदनमा दिइएअनुसार विश्वका आधामात्र देशले धूमपान नियन्त्रणका लागि तय गरिएका छ मध्येको यो एक मापदण्ड पूरा गर्ने गरेका छन् ।

विश्वमा धूमपान नियन्त्रणका लागि विभिन्न छवटा यस्तै मापदण्ड विश्व स्वास्थ्य सङ्गठनले घोषणा गरेको छ । तीमध्येको यो एक मापदण्ड हो ।

सूर्तीजन्य पदार्थमा गरिने यो बढी करको मापदण्डले यस्तो पदार्थको किनबेचलाई हतोत्साही गराउने भएकाले यसको उपभोगमा कमी आउने विश्वास सो सङ्गठनको रहेको छ ।

तर धूमपानको नियन्त्रणका लागि आवश्यक मानिएको यो नीतिको पालना गर्नेमा विश्वका धेरै कममात्र देश रहेका छन् ।

अझ कतिपयले त धूमपानमा कर नै नलगाउने पनि गरेको पाइएको सो प्रतिवेदनमा उल्लेख गरिएको छ ।

सूर्तीजन्य पदार्थको सेवनबाट संसारमा प्रत्येक वर्ष कम्तीमा पनि ६० लाख नागरिकको ज्यान जाने गरेको छ । रासस/एपी