७ कार्तिक २०८३, शनिबार

प्रधानन्यायाधीश साहले अवकाश पाए, आफ्नो कार्यकालमा के-के काम गरे ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ram-prasad-shahकाठमाडौँ, २२ असार । प्रधानन्यायाधीश रामकुमार प्रसाद साह आजदेखि सेवानिवृत हुनुभएको छ ।

उहाँले २०७१ असोज २४ गतेबाट प्रधानन्यायाधीशको कार्यभार सम्हाल्नुभएको थियो ।

उहाँको कार्यकालमा सूचना प्रविधिको अधिक प्रयोग गर्ने योजनाअनुरुप अनलाइन पेसी तालिका, १० बजे मुद्दा पेसीको कार्यसूची प्रकाशन, एसएमएस र इमेलमार्फत मुद्दाको जानकारी, ‘ल फर्म’बाटै रिट दर्ता गर्न सक्ने व्यवस्था, अदालतका विचौलियाका कम गर्ने प्रयासलगायत काम भएको थियो ।

सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश कल्याण श्रेष्ठले बुधबार प्रधानन्यायाधीशको रुपमा कार्यभार सम्हाल्दै हुनुहुन्छ ।

प्रधानन्यायाधीश रामकुमारप्रसाद साहको कार्यकाल आज अन्तिम भएकाले राष्ट्रपति डा रामबरण यादवबाट श्रेष्ठलाई प्रधानन्यायाधीशको रुपमा बुधबार नियुक्ति हुने बताइएको छ ।

संवैधानिक परिषद्ले प्रधानन्यायाधीशका रुपमा सिफारिस गरेपछि श्रेष्ठलाई यही असार २४ गते संसदीय सुनुवाइ विशेष समितिले अनुमोदन गरेको थियो । रासस