३१ जेष्ठ २०८३, आइतबार

पोखरीमा पुरुषको शव फेला

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धनुषा, ९ माघ । धनुषाको छिरेश्वरनाथ नगरपालिका–८ मा रहेको पोखरीमा बुधबार एक पुरुषको शव फेला परेको छ ।

दिगम्बरपुरस्थित विद्यालय नजिक रहेको पोखरीमा स्थानीयहरुले शव तैरिरहेको अवस्थामा देखेपछि प्रहरीलाई जानकारी गराएका थिए ।

खबर प्राप्त भएलगत्तै इलाकाप्रहरी कार्यालय महेन्द्रनगरको टोली घटनास्थलमा पुगेर अनुसन्धान कार्य अघि बढाएको छ । इलाकाप्रहरी कार्यालय महेन्द्रनगरका अनुसार शवको पहिचान तथा घटनाको कारणबारे अनुसन्धान भइरहेको छ ।

शवलाई निकालेर पोस्टमार्टमका लागि पठाउने तयारी भइरहेको इलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ ।