३० आश्विन २०८३, शुक्रबार

चेरनेटा–बरौला सडक कालोपत्र हुँदै

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

–प्यार अलि खान

प्यूठान, ९ माघ । ऐरावती गाउँपालिका पहुँच मार्गअन्तर्गत चेरनेटा–बरौला सडकखण्डको कैरनदेखि पकला पार्कसम्म ६ किलोमिटर सडक कालोपत्र हुने भएको छ ।

सडक कालोपत्रको जिम्मा आँशु हरियाली जेभि प्यूठानले पाएको छ । भ्याटसहित ८ करोड २६ लाख ६५ हजार ६ सय १४ रुपैयाँमा ठेक्का सम्झौता भएको सडक पूर्वाधार विकास कार्यालय प्यूठानका प्रमुख चन्द्र शाहले जानकारी गराए ।

२०८१/३/११ मा सम्झौता भएको योजनाको काम २०८२/९/१० मा सम्पन्न गरिसक्नु पर्नेछ । निर्माण कम्पनीले योजनाको कामलाई तीव्रता दिँदै आएको छ । ६ महिना अगावै कालोपत्र गरिसक्ने निर्माण कम्पनीका प्रतिनिधि बालाजु श्रेष्ठले बताए । सडकको चौडाइ साढे ५ मिटर रहनेछ ।

पालिका पहुँच मार्ग कालोपत्रको लागि लुम्बिनी प्रदेश सरकारबाट सहयोग भइरहेको ऐरावती गाउँपालिकाका अध्यक्ष नबिल विक्रम शाहले जानकारी गराए । बाँकी अपुग ४ किमी सडक कालोपत्रका लागि पुनः प्रदेश सरकारको ध्यानाकर्षण गराउँदै पहल थालिने शाहले बताए । चेरनेटादेखि बरौलासम्मको दूरी २३ किलोमिटर छ ।