१४ असार २०८३, आइतबार

एमाले सचिवालय बैठकले के-के निर्णय गर्‍यो ?

3.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ माघ । नेकपा (एमाले)को सचिवालय बैठकले विधान महाधिवेशनको मिति तय गरेको छ ।

पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा मंगलबार बसेको पार्टी सचिवालय बैठकले आगामी भदौ २० गतेदेखि २२ गतेसम्म विधान महाधिवेशन गर्ने निर्णय गरेको हो ।

महाधिवेशन ललितपुरको गोदावरीस्थित सनराइज हलमा  गर्ने निर्णय भएको पार्टी केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । एमालेले पार्टीको दशौँ महाधिवेशनअघि पनि विधान महाधिवेशन गरेको थियो ।

यस्ता छन् ४४ औँ सचिवालय बैठकका निर्णयहरुः

१) माघ, फागुन र चैत्र महिनामा वडा केन्द्रित अभियान प्रभावकारी ढङ्गले सञ्चालन गर्ने । अभियानमा सम्पूर्ण पार्टी पङ्क्तिको परिचालनको योजना प्रदेश र जिल्ला कमिटीले बनाउने ।

२) अनुमोदन गर्न बाँकी रहेका गण्डकी, कर्णाली र सम्पर्क समन्वय कमिटीले गरेको प्रदेश कमिटी सदस्यको मनोनयनलाई अनुमोदन गर्ने ।

३) पार्टीको विधान महाधिवेशन २०८२ साल भाद्र २०-२२ मा ललितपुरको गोदावरी सनराज हलमा आयोजना गर्ने ।

४) बामदेव गौतम नेतृत्वको राष्ट्रिय एकता अभियानसँग सहकार्य गर्दै जाने ।