
लमजुङ, ८ माघ । नेकपा (एमाले) लमजुङको तीन दिने प्रशिक्षक–प्रशिक्षण कार्यक्रम मंगलबारदेखी बेसीशहरमा शुरु भएको छ । एमाले जिल्ला कमिटी लमजुङको आयोजनामा स्कूल विभागको मापदण्ड मंगलबारदेखि विहिबारसम्म प्रशिक्षक–प्रशिक्षण सुरू भएको हो ।
प्रशिक्षण कार्यक्रमको नेकपा (एमाले) का उपमहासचिव प्रदिप ज्ञवालीले उद्घाटन गर्दै माओवादीका अध्यक्ष प्रचण्डले सत्तामा हुँदा सबै राम्रो देख्ने र सत्ता बाहिर हुँदा आफ्नै देशलाई बंगलादेश देख्ने गरेको बताएका छन् । उपमहासचिव ज्ञवालीले सत्ता बाहिर हुँदाको छटपटी प्रचण्डमा राम्रैसँग देखिएको र राजवादी, नयाँ भन्ने शक्ति र केही अराजक जस्थालाई बोकेर देशमा अस्थिरता सिर्जना गर्न खोजिएकोले त्यसको डटेरा सामाना गर्नुपर्नेमा उनले जोड दिए ।

पूर्व मन्त्री समेत रहेका उपमहासचिव ज्ञवालीले हिजो परिवर्तनका लागि जुन शैली अपनाईयो अब समय धेरै अघि बढीसकेकोले कार्यकर्ता सिप र दक्षता हासिल गर्दै हरेक चुनौतीसँग सामाना गर्न सक्ने हुनुपर्ने बताए । उनले भने,’जता हावा बग्छ त्यतै बहकिने नभई बास्तविकताको गहिराइसम्म पुग्नु पर्छ ।’ उनले स्टन्टबाजी र झुटको खेती केही समयका लागि मात्र हुने भएकोले त्यस्तो भ्रमबाट मुक्त हुन समेत आग्रह गरे ।
उपमहासचिव ज्ञवालीले समृद्धिको अभियान चलाउने पार्टी एमाले भएको दाबी गर्दै देशको विकास र आर्थिक समृद्धिको अभियान चलाउँदै पार्टीले अगाडि सारेको विचारलाई जनतासम्म पु¥याउन प्रशिक्षण कार्यक्रम फलदायी हुने विश्वास व्यक्त गरेका छन् । प्रशिक्षण कार्यक्रममा एमाले स्कूल बिभागले तयार गरेको अनुसार विभिन्न बिषयमा तीनदिनसम्म एमाले नेता प्रदिप ज्ञवाली, किरण गुरुङ, टुकराज सिग्देल, जमीन्द्रमान घले, धनञ्जय दवाडी, घनश्याम कोइराला, विश्वकल्यण पराजुली, रामकुमार विष्ट लगायतले प्रशिक्षण दिने कार्यक्रम रहेको छ ।

नेकपा एमाले लमजुङका अध्यक्ष राजकुमार विष्टको अध्यक्षतामा भएको प्रशिक्षण कार्यक्रमको उद्घाटन कार्यक्रममा स्वागत जिल्ला कमिटीका सचिवालय सदस्य एवं स्कूल विभाग प्रमुख मदनबहादुर रानाले स्वागत र जिल्ला कमिटीका सचिव राजेन्द्र बोहराले कार्यक्रमको संञ्चालन गरेका थिए । प्रशिक्षण कार्यक्रममा एमाले जिल्ला कमिटीका सदस्य र नगर कमिटीका अध्यक्षहरुको सहभागिता रहेको छ ।












प्रतिक्रिया