३० आश्विन २०८३, शुक्रबार

बन्दुकधारीद्वारा चौध गाउँलेको हत्या

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Ladaku-IsIनैरोबी, २२ असार । सङ्कास्पद बन्दुकधारीले मङ्गलबार केन्याको एक गाउमा कम्तीमा पनि १४ जना सर्वसाधारण गाउँलेको हत्या गरेको समाचार छ ।

सोमालियासँग सिमाना जोडिएको एक उत्तरी केन्याली गाउमा उनीहरुले बन्दुकले हमला गरेका थिए । सो हमलामा परी अरु ११ जना गम्भीर रुपमा घाइते पनि भएका छन् ।

रेडक्रसका अधिकारीहरुले जनाएअनुसार उक्त हमलामा परी १४ जना सर्वसाधारण गाउँलेको ज्यान गएको छ भने अरु ११ जना गम्भीर रुपमा घाइते भएका छन् ।

तर पछिल्लो समयमा सो क्षेत्रमा अल सेबाब नामको एक आतङ्ककारी समूहले हमला गर्ने गरेकाले यसमा पनि उनीहरुको हात रहेको अनुमान प्रहरीले गरेको बताइएको छ ।

सोमालिया र इथियोपियाको सीमा क्षेत्रमा रहेको मन्देरा नामको गाउँमा हतियारधारीले हमला गरेका थिए । सो क्षेत्र पशुपालनका लागि प्रसिद्ध स्थान हो । सो गाउँ केन्याको मन्देरा प्रान्तमा पर्दछ । मन्देराका प्रहरी अधिकारीले गाउँलेहरु सुतिरहेको समयमा उनीहरु आएर अकस्मात बन्दुक हमला गरेका थिए ।

उनले घाइतेको अवस्था पनि अत्यन्तै नाजुक रहेकाले मृत्यु हुने व्यक्तिको सङ्ख्या पनि थप बढ्न सक्ने जानकारी दिएका छन् । अल सेबाबको आतङ्कका कारण पछिल्लो समयमा सोमालिया र केन्यामा ठूलो सङ्ख्याका नागरिकको ज्यान गइरहेको छ । रासस/एएफपी