
-अन्जनी कुमार अधिकारी
उदयपुर, ७ माघ । उदयपुरको चौदण्डीगढी नगरपालिकाले लिएको सङ्कल्पलाई मूर्तरुप दिंदै नगरले लिएको गौरवको आयोजनाको शुभारम्भ सोमबार चौदण्डीगढी नगरपालिकाका नगर प्रमुख कालुमान लामाले सुरु गरेका छन् ।
चौदण्डीगढी नगरपालिकाले नगर भित्रका ग्रामिण सडकलाई क्रमिक रुपमा स्तरोन्नती (कालोपत्रे) गर्ने लक्ष्य सहित हरेक बर्ष दशवटै वडामा कालो पत्रे निर्माण गर्ने योजना अनुसार सोमबार नगरको वडा नम्बर ४ मा एक कार्यक्रमको आयोजना गरेर नगरको वडा नम्बर २, ४, ५, ९ र १० का ग्रामिण सडक हुने कालो पत्रेको एक साथ शिल्यान्यास गरेका हुन् ।
नगरले यसअघि वडा नम्बर २, ४, ५, ९ र १० का कालो पत्रे हुने सडकको छनोट गरिसकेको थियो । सोहि अनुसार सोमबार बसाहा गुम्बा (त्रिशक्ति)चोक मा मेयर लामाले कालो पत्रे हुने सडक खण्डको शिल्यान्यास गर्नु भएको हो । नगरको वडा नम्बर २, ४, ५, ९ र १० मा हुने कालो पत्रेको जिम्मा “बेल्टारे निर्माण सेवा“ ले पाएको छ । नगरले बिनियोजन गरेको ६६ लाख ४३ रकम बाट वडा नम्बर ९ मा ३.७५ मिटर चौडाई र ३ सय १० मिटर लम्बाई कालो पत्रे हुने छ भने अन्य वडामा ३.७५ मिटर चौडाई र २ सय ९५ मिटर कालोपत्रे हुनेछ ।
सोमबार नै नगर को वडा नम्बर ४ स्थित वर्षेडाँडा चोक देखी बसाहाथान हुँदै चटपटे टोल सम्म जाने सडकको स्तरोन्नती (कालोपत्रे)को मेयर लामाले शिलान्यास गरेका छन् ।

कोशी प्रदेश सरकारको समपुरक बजेट मार्फत उक्त सडक निर्माण हुन लागेको हो । कोशी प्रदेश सरकारको ६५ प्रतिशत र चौदण्डीगढी नगरपालिकाको ३५ प्रतिशत लागतमा उक्त सडक कालोपत्रे हुने भएको हो । कालोपत्रेका लागि बेल्टारे निर्माण सेवाले ६४ लाख १३ हजारमा कामको जिम्मा लिएको निर्माण ब्यबसायी डिल्ली खड्काले जानकारी दिए । खड्काका अनुसार उक्त सडक ५ मिटर चौडाई र १ हजार ४३ मिटर लम्बाईको हुनेछ ।
नगरले लिएको गौरवका योजनाको शिल्यान्यास गर्दै नगर प्रमुख कालुमान लामाले आफ्नो कार्यकालमा वडा भित्रका धेरै भित्री सडक कालो पत्रे गरिने र बाकी रहेका सडक समेत स्तरोन्नती गरिने बताए । मेयर लामाले नगरपालिकाले आफ्नै रोलर, स्काभेटर खरिद गर्न लागेको भन्दै अब नगरले आफ्नो पालिका भित्रका सबै सडक कालोपत्रे गर्न नसके पनि स्तरोन्नती गरेर छोड्ने बताए । उनले आफुले जनता सामु चुनावी अभियानका समयमा गरेका सबै बाचा पूरा गर्ने समेत प्रतिबद्धता ब्यक्त गरे ।













प्रतिक्रिया