
काठमाडौं, ७ माघ । सानिमा बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व बहन गर्ने क्रममा शिक्षा, स्वास्थ्य, वित्तीय साक्षरतालगायत अन्य विभिन्न क्षेत्रहरुमा विभिन्न वर्गका जनतालाई प्रत्यक्ष फाइदा हुने गरी विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको छ ।
यसै क्रममा सानिमा बैंकको पर्सागढी शाखाले, पर्सागढी वडा नं. ५ स्थित नेपाल राष्ट्रिय आधारभूत विद्यालय र नेपाल राष्ट्रिय माध्यमिक विद्यालय विद्यार्थीहरुलाई न्यानो लुगा हस्तान्तरण गरेको छ ।
कार्यक्रममा पर्सागढी शाखाका कर्मचारीद्वारा दुवै विद्यालयका विद्यार्थीहरुलाई लुगा हस्तान्तरण गरिएको होे । चिसो मौसमका कारण न्यानो लुगाको अभावमा विद्यार्थीहरुको पठनपाठनमा समेत असर परेको हुँदा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यार्थीहरुलाई न्यानो लुगा वितरण गरिएको हो ।
बैंकले भविष्यमा पनि समाजमा सकारात्मक विकास गर्ने किसिमका विभिन्न क्रार्यक्रमहरु गर्ने योजना जनाएको छ । सानिमा बंैकको सातै प्रदेशमा हाल १३४ वटा कार्यालयहरु र १२५ वटा एटिएम सञ्चालनमा रहेका छन् ।















प्रतिक्रिया