१ कार्तिक २०८३, शनिबार

आइएमई पेमा उडान मेला, आन्तरिक हवाई टिकटमा सबैभन्दा बढी क्यासब्याक

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ माघ । नेपालको पहिलो डिजिटल वालेट ‘आइएमई पे’ले आन्तरिक हवाई टिकटमा सबैभन्दा बढी क्यास ब्याक प्रदान गर्ने उदेश्यका साथ ‘उडान मेला’नामक योजना सार्वजनिक गरेको छ ।

माघ २ गतेबाट सुरु भएको यस अफरमार्फत आइएमई पेका सेवाग्राहीहरुले आन्तरिक हवाई टिकटमा ३०० रुपैयाँसम्म क्यास ब्याक प्राप्त गर्न सक्नेछन् ।

योजनामा नियमित ग्राहकहरुले ‘सेभ१००’ प्रोमोकोड राखेर १०० रुपैयाँ क्यासब्याक र पहिलो पटक आइएमई पेबाट टिकट खरिद गर्ने ग्राहकहरुले ‘फस्टफ्लाई’ प्रोमोकोड राखेर ३०० रुपैयाँ क्यासब्याकको लाभ उठाउन सक्नेछन् । हवाई टिकट खरिद गर्ने बेला आइएमई पे एपमा ‘ह्याभ प्रोमोकोड’ सोधिएको ठाउँमा यी प्रोमोकोडहरु राखेर क्यास ब्याक प्राप्त गर्न सकिनेछ ।

‘आगामी विवाहको सिजन र धेरै सार्वजनिक बिदाहरूलाई लक्षित गर्दै, ‘उडान मेला’ ले हाम्रा प्रयोगकर्ताहरूलाई थप किफायती र सहज रूपमा यात्रा गर्ने उत्कृष्ट अवसर प्रदान गर्नेछ भन्ने हाम्रो विश्वास छ,’ आइएमई पेका प्रमुख कार्यकारी अधिकृत प्रवीण रेग्मीले भने ।