७ कार्तिक २०८३, शनिबार

श्रीमानको कुटाईबाट कमलाको ज्यान गयो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रुकुम, २२ असार । रुकुममा श्रीमानको कुटाईबाट एक महिलाको मृत्यु भएको छ ।

बिजयश्वरी–९ बस्ने १९ बर्षीया कमला बुढाको कुटपिटबाट मृत्यु भएको हो । सोमबार राति उनैका २६ बर्षीय श्रीमान छविराज बुढाले घरयासी विवादमा कुटपिट गर्दा घाइते भएकी उनको अस्पताल लैजाने क्रममा मृत्यु भएको हो ।

बुढाले श्रीमतीलाई कुटपिट गरी गम्भीर घाइते बनाएर फरार भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय चौरजहारीबाट खटिएको प्रहरी टोलीले मिशन अस्पताल चौरजहारी पु¥याउदा डाक्टरले मृत घोषणा गरेका थिए ।

फरार बुढाको खोजतलास गर्नुको साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।