२८ असार २०८३, आइतबार

डिभोर्सको हल्लाबीच एलिनाको नयाँ गीत ‘एक्लैपनि जिन्दगी चल्दो रहेछ’ सार्वजनिक (भिडिओसहित)

644
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ माघ । गायिका एलिना चौहानको नयाँ गीत सार्वजनिक भएको छ ।

‘एक्लैपनि जिन्दगी चल्दो रहेछ’ बोलको गीत उनले आफ्नै युट्युव च्यानलमार्फत सार्वजनिक गरेकी हुन् । डिभोर्सको हल्लाबीच उनले आफ्नो नयाँ गीत सार्वजनिक गरेकी हुन् । रोशन सिंहको शब्द, रचना रहेको गीतमा संगित विशाल निरौलाले भरेका छन् ।

गायिका एलिनाले प्रेमी विष्णु सापकोटासँग विवाह गरेकी थिईन् । अष्ट्रेलियामा बस्ने विष्णु र एलिनाबीच सम्बन्ध चिसिएको हल्ला यसअघि नै चलेको थियो । एलिना आफ्नो म्युजिक करियरसमेत दाउमा राखेर पति विष्णुसँगै अष्ट्रेलिया गएकी थिईन् । तर, उताको बसाई छोट्याएर उनी एक्कासी नेपाल आएपछि नै उनीहरुबीचको दाम्पत्य जीवन सुमुधुर नभएको हल्ला चलेको थियो ।

अहिले डिभोर्सको हल्लाबीच एलिनाले नयाँ गीत ल्याएपछि यसरी आशंका गर्नेहरुलाई झनै यो जोडीबीच सम्बन्ध चिसिएको कुराले बल पुगेको छ ।