१८ असार २०८३, बिहिबार

प्रधानमन्त्रीसँग इजरायलका राजदूतको शिष्टाचार भेट

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि इजरायलका राजदूत स्मुलिक ए बासले आज शिष्टाचार भेट गरेका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको भेटमा दुुई पक्षीय सम्बन्ध र हितका विविध विषयहरु सूचना प्रविधि, लगानी, पर्यटन, रोजगारी, कृषिमा आधुनिकीकरण, शिक्षा र संस्कृति आदिमा हुँदै आएको सहयोग आदानप्रदानलाई अभिवृद्धि गर्ने विषयमा छलफल भएको छ ।

भेटका अवसरमा राष्ट्रियसभाका सदस्य एवं इजरायलका लागि पूर्व नेपाली राजदूत डा. अञ्जान शाक्य र परराष्ट्र मन्त्रालयका उच्चाधिकारीको सहभागिता थियो ।