७ कार्तिक २०८३, शनिबार

एक मुखे रुद्राक्ष देखाएर ठगी गर्ने दुई पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

pakrau chorइनरुवा, २२ असार । सुनसरीको कोसी कटान क्षेत्रमा ठगी गर्ने दुई जनालाई सुनसरी प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सुनसरी इनरुवा–३ बस्ने २५ वर्षीय सज्जाद मियाँ र २४ वर्षीय रज्जाक मियाँ रहेका छन् । आफूसँग एक मुखे रुद्राक्ष छ भन्दै सर्वसाधारणलाई ठगी गर्ने दुई जनालाई रुद्राक्षसहित सोमबार साँझ कोसी कटान क्षेत्र श्रीपुरजब्दी–६ बाट पक्राउ गरिएको हो ।

उनीहरूलाई अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सुनसरीमा राखिएको सुनसरीका प्रहरी नायब उपरीक्षक श्यामसिंह चौधरीले जानकारी दिनुभयो । रासस