७ कार्तिक २०८३, शनिबार

हिमपहिरोमा परी एक जनाको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भीमदत्तनगर, २२ असार । बझाङमा हिमपहिरोमा परेर सोमबार एक जनाको मृत्यु भएको छ । जिल्लाको काडा गाविस–७ स्थित साइपाल भन्ने स्थानमा यार्सा खोज्ने क्रममा दार्चुला घुसाका वीरसिंह लोथ्यालको पहिरोमा परी मृत्यु भएको सुदूरपश्चिम क्षेत्रीय प्रहरी कार्यालयले जनाएको छ ।

यस्तै वर्षाका कारण दार्चुलाको सर्मौली गाविस–६ मा केदारनाथ माध्यमिक विद्यालयको निर्माण हुन लागेको चारकोठे भवन भत्किएको छ । हावाहुरीले दार्चुलाको शङ्करपुर–१ का जयराज पन्तको दुईकोठे पक्की घरको छाना र शङ्करपुरमा रहेको लटिनाथ प्राथमिक विद्यालयको तीनकोठे पक्की भवनको छानो उडाएको छ ।

हावाहुरीले नै दार्चुलामै उकु गाविस–२ चिउरानीमा रहेको भूमिराज प्राथमिक विद्यालयको दुईकोठे भवन र चारकोठे शौचालयको जस्तापाताले छाएको छाना उडाएको प्रहरीले जनाएको छ । रासस