१६ कार्तिक २०८३, सोमबार

रवि र छविविरुद्ध रूपन्देहीमा आज मुद्दा दर्ता भएन, यस्तो छ कारण

1.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बुटवल, ४ माघ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने लगायतविरूद्व आज सुप्रिम सहकारी ठगी प्रकरणमा रूपन्देहीमा मुद्दा दर्ता गर्ने भनिएकोमा रोकिएको छ ।

प्राविधिक कारण देखाउँदै रवि र छविलाल जोशीविरूद्वको मुद्दा दर्ता रोकिएको हो । जिल्ला सरकारी वकिलको कार्यालय रूपन्देहीका अनुसार पुरानो मुद्दाको मिसिल सर्वोच्च अदालतमा पुगेको तर मिसिल नआएकाले प्रक्रिया पूरा गर्न ढिलाइ भएको बताइएको छ ।

रवि लामिछानेमाथि व्यक्तिगत रूपमा गएको २ करोड र गोर्खा मिडियाका नाममा गएको सामूहिक २ करोड १५ लाख २८ हजार गरी ४ करोड १५ लाख २८ हजार रुपैयाँको बिगो माग दाबी गरिएको छ।

यस्तै जोशीविरुद्ध २ करोड ५० लाख व्यक्तिगत र मिडियाको सामूहिक १ करोड ७७ लाख ८८ हजार गरी ४ करोड २७ लाख ७८ हजार रुपैयाँ बिगो दाबी गरिएको छ।