गोरखा, २२ असार । स्याललाई थापेको पासोमा परेको चितुवालाई चितवन लगेर जङ्गलमा छाडिएको छ ।
गोरखाको पालुङटार नगरपालिका–३ च्याङ्लीस्थित पुर्नेडाँडामा सोमबार पासोमा परेका तीन फिट लामो र दुई फिट अग्लो पोथी माउ चितुवालाई चितवनको टिकौली जङ्गलमा छाडिएको गोरखाका जिल्ला वन अधिकृत जीवनाथ पौडेलले जानकारी दिनुभयो ।
“स्याललाई थापेको पासोमा चितुवा परेको हो”–उहाँले भन्नुभयो, “चितुवालाई पासोमुक्त बनाएर चितवन पठायौँ ।” स्यालले कुखुरा खाएको अनुमान गरेर गाउँलेले पासो थापेका थिए । चितवन राष्ट्रिय निकुञ्जबाट आएको प्राविधिक टोलीले चितुवालाई लठ्याएर चितवन लगेको अधिकृत पौडेलको भनाइ छ ।
स्थानीयवासीका अनुसार गाउँका ५० भन्दा बढी कुखुरा हराएपछि स्यालले लगेको हुनसक्ने अनुमानमा पासो थापिएको थियो । पासोमा स्यालको सट्टा चितुवा परेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए । रासस
















प्रतिक्रिया