३० आश्विन २०८३, शुक्रबार

रौतहट प्रहरीको ६ महिना : चोरी निकासीतर्फ दुई करोड ४२ लाख बढी राजस्व संकलन

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रौतहट, ४ माघ । रौतहट प्रहरीले ६ महिनाको अवधिमा जबरजस्ती करणीको १३ वटा मुद्दा दर्ता भएकोमा ६ वटा फर्छौट गरेको छ । जिल्ला प्रहरी कार्यालय रौतहटले आर्थिक वर्ष २०८१/०८२ को ६ महिनाको प्रगति विवरण सार्वजनिक गरेको हो ।

गत साउनदेखि पुससम्मको सार्वजनिक गरिएको प्रगती विवरण अनुसार जबरजस्ती करणीको र लागूऔषधको १५ वटा मुुद्दा दर्ता भएकोमा १४ वटा फर्छौट भएको उल्लेख छ ।

लागू औषधको आ.व. २०८०/८१ मा ११ वटा मुद्दा दर्ता भएकोमा १० वटा फर्छौट भएको सार्वजनिक गरिएको विवरणमा छ । कर्तब्य ज्यानका ४ वटा मुुद्दा दर्ता भएकोमा २ वटा फर्छौट गरेको रौतहट प्रहरी निरीक्षक उमाशंकर प्रसादले बताए । उनका अनुसार चोरी सम्बन्धी ३८ वटा मुुद्दा दर्ता भएकोमा ३८ वटै फर्छौट भएको छ ।

हातहतियार खरखजाना सम्बन्धी ६ वटा मुुद्दा दर्ता भएकोमा ५ वटा फर्छौट भइसकेको उनले जानकारी दिए । आर्थिक वर्ष २०८१÷०८२ को पुससम्म मुद्रा सम्बन्धी ४ वटा मुुद्दा दर्ता भएकोमा सबै फर्छौट भएको उनको भनाइ छ । यस आर्थिक वर्षको पुससम्म ६८ लाख २४ हजार ५ सय ट्राफिक प्रहरीले राजस्व संकलन गर्न सकेको छ ।

अदालतको फैसला कार्यान्वयन गर्ने क्रममा २ सय ६४ जना फरार प्रतिवादीहरुलाई पक्राउ गरेको जिल्लाप्रहरी कार्यलय रौतहटले जनाएको हो । भन्सार चोरी निकासीतर्फ साइकल १४, मोटरसाइकल १ सय ८, पिकअप २, स्कार्पियो २, सिटी रिक्सा ४ लाई कारवाही गरि २ करोड ४२ लाख ७७ हजार ४ सय ४३ रुपैयाँ राजस्व संकलन गरेको रौतहट प्रहरीले जानकारी दिएको छ ।