
काठमाडौं, २ माघ । वरिष्ठ अधिवक्ता तथा पूर्वमहान्याधिवक्ता रमन श्रेष्ठले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति बोलाएको बेला उपस्थित हुने गरी रिहा गर्न माग गरेका छन् ।
आज काठमाडौं जिल्ला अदालतमा जारी थुनछेक बहसमा श्रेष्ठले लामिछानेलाई बोलाएका बेला उपस्थित हुने गरी छाड्न माग गरेका हुन्। लामिछानेलाई साधारण तारेखमा छाड्दा पनि अन्याय हुने उनको भनाइ छ ।
“सर्वोच्चले बनाएका नजिर हेर्दा पहिलो साधारण तारेखमा छोड्ने, दोस्रो धरौटीमा छोड्ने र तेस्रो थुनामा पठाउने हो,” लामिछानेको पक्षमा बहस गर्दै श्रेष्ठले भने, “मेरो पक्षलाई साधारण तारेख पनि अन्याय हुन्छ । बोलाएका बेला उपस्थित हुने गरी छोडियोस् ।”








प्रतिक्रिया