७ कार्तिक २०८३, शनिबार

आजमात्रै नेपालमा दुई वटा भूकम्प

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Bhukampa-nepalकाठमाडौं, २१ असार । नेपालमा सोमबार पनि दुई वटा भूकम्प गएका छन् ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आज विहान र राति गरेर दुई पटक भूकम्पका धक्का महसुस गरिएको हो । आज राति ९ बजेर १४ मिनेट जाँदा सिन्धुपाल्चोक गोल्चे आसपास केन्द्रविन्दु भएको ४.४ रिक्टर स्केलको परकम्प गएको छ ।

यसअघि आजै बिहान १० बजेर ४८ मिनेट जाँदा दोलखा जुगु आसपास केन्द्रविन्दु भएको ४=३ रिक्टर स्केलको परकम्प गएको थियो । हिजो पनि दुई वटा भूकम्पका धक्का नेपाल केन्द्रविन्दु भएर गएका थिए ।

खानी तथा भूगर्भ विभाग, राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार ‘गोरखा भूकम्प’पछि हालसम्म चार रिक्टर स्केल वा त्यसमाथिका ३४० भन्दा बढी परकम्प गइसकेका छन् ।

earth-quake-table