३० आश्विन २०८३, शुक्रबार

सोमबार राति सेनाको विमान दुर्घटना, ७ जनाको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Pakistan-sena-helicoptorकाठमाडौं, २१ असार । एक इराकी युद्धक विमान दुर्घटनाग्रस्त हुदा सो विस्फोटका कारण कम्तीमा पनि सात जनाको ज्यान गएको छ । प्राविधिक कारणले सो विमान खसेको बताइएको छ । युद्धक विमान खसेपछि अकस्मात् विस्फोट भएको थियो ।

सोमबार राति इराकी पूर्वी क्षेत्रमा उक्त विस्फोट भएको थियो । सो विस्फोटका कारण सात जनाको ज्यान गएको सुरक्षाकर्मी तथा स्वास्थ्य अधिकारीहरुले बताएका छन् ।

बग्दादको जादिदामा सो विमान विस्फोट भएको हो । विमान फर्किने क्रममा जादिदामा रहेका तीनवटा घरमाथि नै विमान खसेको बताइन्छ । सुरक्षा प्रवक्ता ब्रिगेडियर जनरल साद मानले उक्त विमानमा रहेको एउटा बम विस्फोट हुनपुग्दा ती व्यक्ति मारिएका जानकारी दिनुभयो ।

ज्यान जाने सात जनामा सो विमानमा रहेका व्यक्ति हुन् वा विमान खसेको क्षेत्रका बासिन्दा भन्ने बारेमा भने केही बताइएको छैन । रासस/एएफपी