३० आश्विन २०८३, शुक्रबार

सुरेशको ‘सम्बन्ध’ विमोचन

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

suresh-karki

काठमाडौं २१ असार । युवा साहित्यकार सुरेश कार्की निषादद्धारा लिखित ‘सम्बन्ध’ गजल संग्रह आज काठमाडौंमा विमोचन गरिएको छ ।

वरिष्ठ गजलकार ललिजन रावलले कृतिको विमोचन गर्दै युवापुस्तामा देशप्रेम झल्कने कृति प्रकाशन गर्नु सराहनिय भएको बताए । देशप्रति यूवाको माया, ईतिहास, भुगोल, सरकारको चरित्र, स्त्रि तथा अरु विभिन्न भावना समेटिएका कृति जो कोहि नेपालीको लागी अत्यन्त पठनिय हुने गितकार तथा वरिष्ठ सञ्चारकर्मी नवराज लम्सालको भनाई छ ।

कार्यक्रममा कृतिको समिक्षा गर्दै साहित्यकार तथा चलचित्रकर्मी व्रजेश खनालले विदेशको मोहमा फसेकाहरुलाई व्यङ्ग्य देखि लिएर समाजका बेथितीमा राम्रो अभिव्यक्ति भएकोले उत्कृष्ट कृति रचेको बताए । त्यस्तै साहित्यकार बुद्धिसागरले समाजका बेथितीलाई पाठक समक्ष अवतरण गराउन सक्नु लेखकको सफलता भएको जिकीर गरे ।

४८ साल फागुनमा दामन मकवानपुरमा जन्मिएका लेखक सुरेश कार्कीले गजल विधामा आफूले सुरुदेखिनै कलम चलाउँदै आएको भएपनि अग्रज र प्रशंसकको प्रेरणाले आफ्नो पहिलो कृति प्रकाशन गर्न पाएकोमा खुसि व्यक्त गरे ।

श्रुति संगीत विद्यालयईन्द्रध्वज कार्की र सानुमैयाँ कार्कीद्वारा प्रकाशित पुस्तकको मुल्य एक सय १० रुपैया पर्छ । कार्यक्रममा संगीतकर्मी साहित्यप्रेमी, पत्रकार, समाजसेवी लगायतको उपस्थिती रहेको थियो ।