३० आश्विन २०८३, शुक्रबार

हुम र जमुनाको ‘अझै तिम्रै माया छ किन ?’ (भिडियोसहित)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

music-video

– सुशिल नेपाल
पाल्पा । विशाल डिजिटल प्रालिको प्रस्तुतिमा पाल्पाली गायक तथा शब्द संकलक हुम गैरेको स्वर रहेको मार्मिक लोकगीत ‘माया छ किन ?’ को अडियो र भिडियो बजारमा आएको छ ।

जीवन बिसीको लय शब्द तथा हुम गैरे र जमुना रानाको स्वरमा रहेको गीतको अडियो तथा भिडियो एकसाथ बजारमा ल्याइएको गायक गैरेले बताए । जुन भिडियोको निर्देशन गायक गैरेले नै गरेका छन् । भिडियोमा जीवन विसी, अपेक्षा बश्याल र कृष्ण रानाभाटले अभिनय गरेका छन् ।

माया प्रेममा बिछोडिएकाहरुको कथालाई गीतमा उतारिएको गायक गैरेले जनाए । यसअघि भूकम्पको गीत गाएर चर्चामा आएका गैरेले विगतका बर्षमा जस्तो यसबर्ष पनि केहि तिजका गीतहरु ल्याउने तयारी गरिरहेको बताए ।