लम्की (कैलाली), २१ असार । पहलमानपुर–१ मा एक शिक्षक आफ्नै कोठामा मृतावस्थामा फेला परेका छन् ।
पहलमानपुर–१ स्थित जेनियम बोर्डिङ स्कुलका शिक्षक प्रेम लामिछाने थापा मगरको शव आज बिहान ९ बजे आफ्नै कोठामा फेला परेको अस्थायी प्रहरी चौकी पहलमानपुरका प्रहरी नायब निरीक्षक धनदत्त पन्तले जानकारी दिनुभयो ।
डडेल्धुराको आलिताल–१४ स्थायी घर भएका थापा मगर स्थानीयवासी खगेन्द्र सुवेदीका घरमा तीन महिनादेखि बस्दै आएका थिए । उनी आइतबार साँझ कोठामा सुतेका थिए । रासस















प्रतिक्रिया