काठमाडौं, २१ असार । जागिरको प्रलोभन देखाएर आफ्नै भाञ्जालाई ठग्ने एक व्यक्ति पक्राउ परेका छन् ।
आफ्नै भान्जालाई अनुसन्धान अधिकृतमा जागिर लगाइदिन्छु भनि ठगी गरेको अभियोगमा ललितपुर कुसुन्ती–३ बस्ने सिन्धुपाल्चोक थकनी गाविस–३ का ३३ वर्षीय गणेशबहादुर खनाललाई महानगरीय अपराध महाशाखाले आइतबार पक्राउ गरेको छ ।
काठमाडौं महानगरपालिका–६ बस्ने ३० वर्षीय रामेश्वर चौलागाईलाई राष्ट्रिय अनुसन्धानको अनुसन्धान अधिकृत पदमा जागिर लगाइदिने भनि विभिन्न प्रलोभन देखाई नातामा मामा पर्ने खनालले चौलागाईबाट १६ लाख रुपैयाँ ठगी गरेको खुल्न आएको छ ।
खनाललाई अनुसन्धान एवं कारवाहीकालागि महाशाखाले महानगरीय प्रहरी परिसर काठमाडौं पठाएको छ ।















प्रतिक्रिया