७ कार्तिक २०८३, शनिबार

सुतिरहेका बेला राति सर्पले टोक्दा एकको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बलेवा (बागलुङ), २१ असार । रातको समयमा घरमै सुतिरहेको अवस्थामा सर्पको डसाइबाट यहाँका एक किशोरको ज्यान गएको छ । मालिका–२ का १७ वर्षीय आशिक सापकोटाको सर्पको डसाइबाट ज्यान गएको आफन्तले जानकारी दिए ।

सर्पको डसाइबाट गम्भीर भएका सपकोटालाई तत्काल उपचारका लागि धवलागिरि अञ्चल अस्पतालमा ल्याइएको थियो । राति १२ बजे अस्पतालले अवस्था गम्भीर भन्दै पोखरा पठाएको थियो । पोखरा लैजाने क्रममा बाटोमा नै सापकोटाको मृत्यु भएको स्थानीय कृष्णप्रसाद आचार्यले जानकारी दिनुभयो । रासस