
काठमाडौं, २३ पुस । नेपाल सरकारको सार्वजनिक खरिद अनुगमन कार्यालयले १६ वटा निर्माण कम्पनीहरुलाई कालोसूचीमा राख्ने प्रक्रिया अघि बढाएको छ । यसअघि कार्यालयले यी कम्पनीलाई ३० दिनको समय दिएर लिखित स्पष्टीकरण पेश गर्न भनेको थियो । तर यो अवधिमा यी कम्पनीले कुनै जवाफ नदिएपछि कार्यालयले ७ दिने सूचना निकालेको हो ।
यी कम्पनीहरुलाई विभिन्न सार्वजनिक निकायबाट आएको सिफारिसको आधारमा कालोसूचीमा राख्न लागिएको छ ।
यस्तै, कार्यालयले कालोसूचीमा राख्नु नपर्ने कारण भए ७ दिनभित्र स्पष्टीकरण पेश गर्न आग्रह गरेको छ । यो ७ दिनको अवधिमा पनि स्पष्टीकरण पेश नगरे यसै सूचनालाई आधार मानेर कालोसूचीमा राख्ने प्रक्रिया अगाडि बढाउने कार्यालयले जनाएको छ ।
















प्रतिक्रिया