७ कार्तिक २०८३, शनिबार

ललितपुरमा प्रहरीको नयाँ सुरक्षा योजना, अब २४सैं घण्टा फोर्स परिचालन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

nepal-policeललितपुर, २१ असार । अपराध नियन्त्रण र शान्ति सुव्यवस्था कायम राख्ने उद्देश्यले महानगरीय प्रहरी परिसरले आजदेखि नयाँ योजना सुरुवात गरेको छ ।

परिसरमा आज आयोजित पत्रकार सम्मेलनमा बोल्दै परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक पीताम्बर अधिकारीले आपराधिक घटना रोक्न र समाजमा शान्ति स्थापना गर्ने उद्देश्यका साथ नयाँ योजना लागू गरेको उल्लेख गर्नुभयो ।

योजनाअन्तर्गत परिसरले २४सै घन्टा परिचालन हुने गरी जिल्लाभरि नै मोटरसाइकल र साइकल गस्तीलाई प्रभावकारी रुपमा अगाडि बढाइएको हो ।

यसअघि परिसर बेसमा आधारित भएर गस्ती मोटरसाइकल एवम् साइकल गस्तीको व्यवस्था गरिएको थियो ।

सो योजनाअन्तर्गत जिल्लाका विभिन्न स्थानमा रहने गरी १६ वटा मोटरसाइकल र १५ वटा साइकलमा सुरक्षाकर्मीसहित सुरक्षा व्यवस्था मजबुत पारिएको छ ।

परिसरलाई ध्यानमा राख्दै कुमारीपाटी र झम्सीखेल बेस रहने गरी एक/एक वटा मोटरसाइकल तथा साइकलबाट सुरक्षाकर्मीले सुरक्षा प्रदान गरिने योजना रहेको छ ।

यसैगरी बङ्गलामुखी, बागडोल, खोकना दोबाटो, खन्ना गार्मेन्ट, खरिबोट, ढुङ्गीन बसपार्क, बल्खु, धापाखेल कान्तिपुर कलेज जाने बाटो, नख्खु चोक, नाइटिङ्गल चोक, टीकाभैरव चोक, चापागाउँ चोक र प्याङ्गाउँ बसपार्कमा मोटरसाइकलसहित सुरक्षा खटाइएको जनाइएको छ ।

यस्तै परिसर, पाटनढोका, भैँसेपाटी, पुल्चोक, लगनखेल, मच्छिन्द्र माध्यामिक बिटअन्तर्गत साइकलसहित सुरक्षाकर्मीलाई खटाइएको छ ।

जनमानसबीच सम्बन्ध प्रगाढ बनाउन र अपराध नियन्त्रण गर्नु नै पहिलो उद्देश्य भएको परिसरका प्रमुख अधिकारीले बताउनुभयो । उहाँले भूकम्पका कारण सहरका भित्री गल्लीमा रहेका घरमा टेको लगाएका कारण सवारी साधन जान कठिनाइ भएकाले त्यस क्षेत्रमा हुनसक्ने अपराधलाई नियन्त्रणका लागि तत्काल सुरक्षा निकाय पु¥याउने उद्देश्यका साथ नयाँ योजना ल्याउनुपरेको जानकारी दिनुभयो । रासस