– विवेक विश्वकर्मा
भैरहवा, २१ असार । सशस्त्र प्रहरी बल राजस्व तथा भन्सार सुरक्षा गुल्म रुपन्देहीको टोलीले अबैध रुपमा नेपाल भित्राउदै गरेको लाखौ मूल्यको प्रतिबन्धित कुखुराको चल्ला बरामद गरि नष्ट गरेको छ ।

सशस्त्र प्रहरी बल राजस्व तथा भन्सार सुरक्षा गुल्मका डिएसपी कमल प्रसाद तिमिल्सीनाको नेतृत्वमा खटिएको गस्तीे टोलीले पटखौली र धकधई गाविसको बीच रहेको रामनगरबाट ४६ कार्टुन चल्ला बरामद गरेको हो ।
बरामद चल्लाको बजार मूल्य नेपालमा ३ लाख ३० हजार ७ सय ५० रुपैया रहेको छ । चल्ला पशु क्वाराइन्टाइन चेकपोस्ट बेलहियाका प्रमुख डा. हरि बहादुर कुवंर, सञ्चारकर्मीहरु तथा स्थानियहरुको रोहबरमा नष्ट गरिएको छ ।















प्रतिक्रिया