३० आश्विन २०८३, शुक्रबार

कंगनाको रेट दोब्बरले बढ्यो !

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

kanjana-ranwatमुम्बई । बलिउडमा एकपछि अर्काे सफलता चुम्दै गरेकी सफल नायिका कंगना रनौतको रेट अनअपेक्षित रुपमा बढेको छ ।

उनले आफ्नो पारिश्रमिक बढाएर दोब्बर बनाएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । बलिउडमा ‘क्वीन’को उपाधि पाएकी कंगनाले फिल्ममा अपेक्षाकृत सफलता हात पारेपछि पारिश्रमिक बढाएकी हुन् ।

उनको बहुप्रतिष्ठित चलचित्र ‘क्वीन’ र भर्खरै प्रदर्शनमा आएको फिल्म ‘तनु वेड्स मनु रिटर्न्स’को सफलतापछि कंगनाले आफ्नो पारिश्रमिक ३ करोडबाट बढाएर सिधै ६ करोड पु¥याएकी छिन् ।

बलिउडमा उनी सफल नायिकाको सूचीमा पर्छिन् । यसअघि उनले बलिउड स्टार ऋतिक रोशनको चलचित्र क्रिश ३ मा सह अभिनेत्रीको भुमिका निभाएकी थिईन् । एजेन्सी