दमक, २१ असार । नेकपा एमालेका अध्यक्ष केपी ओलीले एक/दुईजनाले संविधान नाम लेखेको कागज च्यात्दैमा संविधान निर्माणमा कुनै असर नगर्ने बताउनुभएको छ ।
प्रेस चौतारी झापाको आयोजनामा दमक–१० स्थित ओली निवासमा आयोजित पत्रकार सम्मेलनमा उहाँले संविधानको प्रस्तावित मस्यौदाप्रति असहमति राखेर केही समूहले जलाउँदै हिँड्नुमा कुनै तुक नभएको बताउनुभयो ।
उहाँले यो ऐतिहासिक अवसर भएकाले केहीले विरोध गर्दैमा बाधा नपुग्ने र संविधान जारी भएर छाड्ने विश्वास व्यक्त गर्नुभयो । केही नपुगेका विषय भए पछि संशोधन गर्न सकिने भन्दै अध्यक्ष ओलीले अब संविधान साउनको दोस्रो सातासम्ममा आएरै छाड्ने दाबी गर्नुभयो ।
अध्यक्ष ओलीले संविधान निर्माणपछि मुलुक समृद्ध र लोकतन्त्रको संस्थागत विकासतर्फ अगाडि बढ्ने दाबी गर्नुभएको थियो ।












प्रतिक्रिया