
यूएई । पछिल्लो समयमा म्युजिक भिडियोहरु निरन्तर रुपमा बजारमा आइरहेका छन् दिनहुँ जस्तो नयाँ मोडेल र कलाकारहरु जन्मिरहेका छन् । मोडलिङको रहर अवसरको खोजीमा धेरै रहेको पाइन्छ रहर सबैको हुन्छ मोडलिङमा रम्ने तर पनि मोडलिङमा जम्ने सिमित हुन्छन त्यसमा एक प्रतिनिधि बनेकी छिन आशिकी पाण्डे ।
गुल्मीमा जन्मिएकी आशिकी अहिले यूएईमामा रोजगारीसँगै मोडलिङमा ब्यस्त छिन । तीन बर्षदेखि यूएईमा रहेकी पाण्डे अहिले मोडलिङ क्षेत्रमा भिजेकी छिन् । आशिकीले उत्साहित हुँदै भनिन्–‘एक्टिङहरु राम्रो गर्नु पर्छ, मेहनत अनि निरन्तरता दिनुपर्छ सिक्दैछु, आशा छ भोली मोडेल आशिकी पाण्डे भनेर चिनिने छु ।’

आशिकी अहिले निकै लागिपरेकी छिन् मोडलिङमा । आधादर्जन लोक तथा आधुनिक गीतहरुको म्युजिक भिडियोहरुमा अभिनय गरिसकेकी आशिकीले २ बर्ष अगाडी हेमन्त शिशिरको ‘म त तिम्रा लागि जन्मे’ म्युजिक भिडियोबाट आफ्नो सुसुप्त मोडलिङको रहरलाई उजागरण गरेकी हुन् । सानै उमेरदेखि सांगीतिक क्षेत्रमा एउटा छुट्टै नाम कमाउन चाहन्थे आशिकी अगाडि भन्दै गईन् घरपरिवारमा कोहि कलाकारितामा नभएकाले मनको चाहना कसैलाई भन्न नै सकिन चाहना यूएई आएपछी मात्र पुरा भयो । पहिलो म्युजिक भिडियोमा मोडलिङ गर्दा परिवारलाई थाहा नदिइकनै गरेको बताउँदै आशिकीले काम देखे पछी परिवारले दिएको हौसलाले नै यस क्षेत्रमा निरन्तरता दिन सकेको बताउँछिन । अब मेरो रहरलाई कसैसंग सम्झौता नगरी अगाडि बढाउँछु ।

आशिकीको पहिलो म्युजिक भिडियो बजारमा आयो, उनले गरेको कामको चर्चा बढ्दै गयो त्यसपछी उनले पछाडी फर्किनु परेको छैन् । लगत्तै कलाकार कमलकिरणको ‘यो मनले तिमीलाई रोजेछ’ म्युजिक भिडियोमा देखिइन । त्यसपछी उनको यूएईमा मोडलिङमा सम्भावना बोकेकी कलाकारमा हेर्न थालियो । चर्चित लोकगायक मिलन लामाको ‘बाउलाई पैसा चाहियो’ मनिसा राईको ‘कसैलाई हसाउने कसैलाई रुहाउने’ लागायतका गीतमा आफ्नो कुशल प्रतिभा प्रस्फुटन गराई सकेकी छिन् । रहरै रहरको मोडलिङले बिस्तारै परिचय बनायो यूएई कि मोडल आशिकी पाण्डे ।
बोलिरहन चाहने चुलबुले आशिकीसंग अहिले पनि दुई तीन वटा गीततयारी छन् । मुस्कुराउँदै उनि भन्दै थिइन्–अब म जुन पायो त्यो, जसले बोलायो त्यस्को म्युजिक भिडियोमा खेल्न जान्न । आफ्नै लगानी लगाउने आफै मोडल बन्ने परिपाटी आशिकीलाई पनि मन परेको रहेनछ । प्रतिभा नभएका तर सोखिन मान्छेले गर्दा प्रवासबाट बन्ने म्युजिक भिडियोको स्थारीयतामाथि उठ्न नै सकेन ।

कलाकार गरिमा पन्त आर्यन सिक्देलबाट प्रभावित आशिकी चलचित्रबाट अफर आएको खण्डमा पनि गर्न तयार रहेको बताउँछिन् । कथाले माग्यो भन्दैमा समाजले नपचाउने खालको दृश्य दिन नसक्ने आशिकीको भनाई छ । समाजले पचाउने सम्म मोडलिङ क्षेत्रमा खुल्ने उनको सोचाई छ । आशिकीका अनुसार सेक्स दुई आत्माको मिलन हो । सेक्सलाई सामान्य रुपमा लिन नहुने उनको तर्क छ । उनले भनिन्न ‘अहिले म सिंगल नै छु । मोडलिङमा छुटै नाम बनाएर मात्र बिवाह गर्ने बताउँदै उनले भनिन–भेट्नेले प्रेम प्रस्ताब राख्छन तर म अहिले प्रेम चक्करमा पर्न चाहन्न । पहिला आफ्नो क्षेत्रमा केहि स्थापित हुने, परिवारप्रतिको आफ्नो कर्तव्य निर्वाह गर्ने अनि मात्र बिवाहको बारेमा सोच्छु । आशिकिलाई आफ्ना भावना बुझ्ने र अरुलाई सम्मान गर्ने व्यक्ति मनपर्छ ।
प्रस्तुति : त्रिलोचन कोइराला















प्रतिक्रिया