काठमाडौँ, २१ असार । काठमाडौंको चावहिलमा सुनका गरगहना चोरी भएका छन् ।
काठमाडौँ महानगरपालिका–७ चावहिल भत्केको पुल बस्ने कम्पोज बरालको घरमा आइतबार कोही नभएको अवस्थामा भान्साको झ्यालढोका फोडेर करीव २ लाख ७५ हजार रुपैया बराबरको सुनको गहना चोरी भएको छ ।
यसैगरी तार्केश्वर नगरपालिका–३ बस्ने पार्वती तामाङको घरमा आइतबार कोही नभएको अवस्थामा नगद १ लाख सहित करीव ५ लाख ५० हजार रुपैया बराबरको सुनका गहनाहरु चोरी भएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।















प्रतिक्रिया