१७ कार्तिक २०८३, मंगलबार

बेलका नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत र सूचना अधिकारीको कार्यकक्षमा ताला

1.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

-अन्जनी कुमार अधिकारी
उदयपुर, १८ पुस । उदयपुरको बेलका नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत र सुचना अधिकारीको कार्यकक्षमा ताला लगाइएको छ ।

आज नेकपा (एमाले) बेलका नगर कमिटीले प्रशासकीय अधिकृत र सुचना अधिकारीको कार्यकक्षमा ताला लगाएको हो । एमाले बेलकाले पछिल्लो समय कर्मचारी नियुक्ति प्रकृयामा कर्मचारीले गरेको लापरवाही र नगरपालिकाको सुशासनमा चरम लापरवाही गरेको भन्दै ताला लगाएको बताएको छ ।

बेलका नगरपालिकाले रोजगार सहायक (सेवा करार) पदको गत पुस ७ गते प्रकाशित परीक्षाको अन्तिम नतिजा अनुसार करार नियुक्तिका लागि सिफारिस भएका उम्मेदवारको ठाउँमा नाम र ठेगाना मिलेकै आधारमा अन्य व्यक्तिलाई कार्यालयले हाजिर गराएको भन्दै एमाले बेलकाले लापरबाही तरिकाले नक्कली व्यक्तिलाई हाजिर गराएको सम्बन्धमा यथोचित छानविन गरी सत्यतथ्य ५ दिनभित्र सार्वजनिक गर्न माग गरेको थियो । तर नगरपालिकाले बेवास्ता गरेपछि माग सम्बोधन गराउन नगरपालिका पुगेकोमा पालिकामा प्रमुख प्रशासकीय अधिकृत बिदामा रहेको र उनले कसैलाई पनि निमित्त नतोकेको साथै जवाफ दिने आधिकारीक व्यक्ति नगरपालिकाको प्रशासनिक क्षेत्रमा नरहेको र आफूहरुले दिएको ५ दिनको म्याद समेत सकिएको भन्दै नगरपालिकाको सुशासनमा चरम लापरवाही र बेथिति सच्याउन ताला लगाएको एमाले बेलकाका अध्यक्ष हिराजंग राईले जानकारी दिए ।

एमाले उदयपुर जिल्ला कमिटी सदस्य समेत रहेका गणेश बस्नेतले भने एउटा व्यक्तिलाई गलत तरिकाले हाजिर गराउने कर्मचारी, निवेदनमा तोक लगाउने, उनलाई हाजिर गराउने ब्यक्ति सबैलाई कानुनको दायरामा ल्याएर छानविन गरिनु पर्ने आफूहरुको माग रहेको र उक्त माग सम्बोधन नभए सम्म आफुहरुले लगाएको ताला नखोल्ने स्पष्ट पारे ।

आज एमालेले नगरपालिकामा ताला लगाएपछि साँझ नगर प्रमुख अशोक कार्की र ताला लगाउने पक्षबीच सामान्य छलफल भएको थियो । यद्यपी छलफल कुनै पनि निष्कर्ष बिनै टुंगिएको थियो । छलफलमा मेयर कार्कीले रोजगार सहायक (सेवा करार) पदको नियुक्तिमा भएको कमीकमजोरीलाई नगरपालिकाले सच्याउने भन्दै जो व्यक्ति जागिर खान आए उनको बिषयमा प्रहरीले आवश्यक छानविन गरिरहेकाले अहिले उक्त बिषयमा आफूहरुले केही जवाफ नदिने बताएका थिए ।