२० कार्तिक २०८३, शुक्रबार

‘गिभ एन्ड टेक’ विधीबाट १५ दिनभित्रै संविधान जारी हुन्छ : उपप्रधानमन्त्री सिंह

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

prakash-man-singhकाठमाडौँ, २१ असार । उपप्रधान तथा सङ्घीय मामिला एवम् स्थानीय विकास मन्त्री प्रकाशमान सिंहले सङ्घीय लोकतान्त्रिक संविधान छिट्टै निर्माण हुने बताउनुभएको छ ।

नेपाल सरकार सहरी विकास मन्त्रालय काठमाडौँ विकास प्राधिकरणले नन्दीकेशर बगैँचाको व्यवस्थापन सामुदायिक सेवा केन्द्रलाई हस्तान्तरण कार्यक्रममा उपप्रधानमन्त्री सिंहले संविधानको प्रारम्भिक मस्यौदा निर्माण भएर छलफल सुरु भएकाले अब छिट्टै संविधान निर्माण हुने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले प्रारम्भिक मस्यौदालाई संविधानसभामा छलफल भएकाले चाँडो जनतामाझ लैजान लागेको भन्दै सबै राजनीतिक दलले आफ्नो मुद्दालाई लेनदेन (गिभ एन्ड टेक) गरेर अगाडि बढ्नुपर्ने बताउनुभयो । यो विधिबाट १५ दिनभित्रै संविधान जनताको हातमा पुग्ने उहाँको दाबी छ ।

कार्यक्रममा सहरी विकास मन्त्री डा नारायण खड्काले संविधान निर्माणका क्रममा रहेकाले अब चाँडो जनताको चाहनाअनुसारको संविधान निर्माण हुने बताउनुभयो । उहाँले काठमाडौँ उपत्यकामा जनसङ्ख्या अत्याधिक चाप भएकाले विपत्तिको बेलामा बस्नका लागि खुला स्थानको खाँचो रहेको औँल्याउनुभयो ।