
काठमाडौं, १७ पुस । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडको अभिकर्ता, कर्मचारी र पोलिसी होल्डरलाई पोखरामा रहेको अन्नपूर्ण केबलकारमा उपलब्ध हुने सेवा सुविधामा ३० प्रतिशत विशेष छुट पाउने भएका छन् ।
रिलायबल नेपाल लाइफ इन्स्योरेन्स र अन्नपूर्ण केबलकारबीच भएको दुई पक्षीय समझदारी अनुसार छुटको व्यवस्था गरिएको हो । इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायण बाबु लोहनी र अन्नपूर्ण केबलकारको तर्फबाट संञ्चालक चन्द्रबहादुर कार्कीले समझदारीमा हस्ताक्षर गरेका छन् ।
रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले जीवन बीमा कारोबार शुरु गरेको ७ वर्ष पूरा गरी आठौं वर्षमा प्रवेश गरेको छ । कम्पनीप्रति विश्वास गरी बीमालेख खरिद गर्ने ७० लाखभन्दा बढी बीमितहरु रहेका कम्पनीले जनाएको छ ।
अन्नपूर्ण केबलकारसँगको यस समझदारीले इन्स्योरेन्सका ग्राहकहरूले लिने सेवा तथा सुविधामा विशेष सहुलियत पुग्ने रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले जनाएको छ ।








प्रतिक्रिया