३० आश्विन २०८३, शुक्रबार

नम्रताको तितामिठा क्षण अब उपन्यासको पानामा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Namrata-shrestha

काठमाडौँ । चर्चित नायिका नम्रता श्रेष्ठको जीवनमा आधारित रहेर दाङका युवा पत्रकार एवं साहित्यकार सविन प्रियासनले तयार पारेको ‘नम्रता’ उपन्यास बजारमा आउँदैछ ।

छिट्टै प्रकाशनको तयारीमा रहेको यस उपन्यासको पाण्डुलिपी नम्रताको हातमा परेको लेखक प्रियासनले दैनिक नेपाललाई जानकारी दिए । नायिका नम्रता श्रेष्ठले उक्त पाण्डुलिपी अध्ययन गरिसकेपछि केही कुराहरु थपघट गरेर दशैंअघि नै उपन्यास प्रकाशन गर्ने लक्ष्य लिइएको उपन्यासकार प्रियासनले जानकारी दिए । नायिका नम्रता श्रेष्ठको जीवनमा घटेका तीता, मिठा घटनाहरु, उनले सिने क्षेत्रमा भोग्नु परेका समस्याहरु र कडा संघर्षपछि प्राप्त गरेको सफलताका विषयहरु उपन्यासमा पढ्न पाइनेछ । यसैगरी नम्रताले भूकम्पबाट पीडित भएकाहरुको सहयोगार्थ चलाएको अभियान र अन्य विभिन्न समयमा गरेको सामाजिक कार्यको विषय पनि नम्रता उपन्यासमा समावेश छ ।

उपन्यास लेख्नेक्रममा नम्रतासंग मोवाइलमा पटक–पटक फोन वार्ता भएको र यसकुरालाई नम्रताले पनि उत्सुकताका साथ लिएको प्रियासनको भनाइ छ । उपन्यासका केही अंशहरु पत्रपत्रिका र अनलाइनमार्फत सार्बजनिक भइसकेका छन् । दैनिक नेपाल डटकममा नम्रता उपन्यासको केही अंश सार्वजनिक हुँदा प्रत्येक अंश २ हजार देखि १३ हजार बढीले फेसबुकमा शेयर गर्दै आएका छन् ।

काठमाडौंका केही प्रकाशन गृहले उक्त उपन्यास आफूहरुले प्रकाशन गर्न उत्सुकता देखाएपनि बहिरा विद्यार्थीहरुको शिक्षण सहयोगार्थ उपन्यास प्रकाशन गर्ने भएकाले आफै प्रकाशन गर्ने या प्रकाशन गृहलाई जिम्मा दिने भन्ने कुरामा अझैं टुंगो नलागेको प्रियासनको भनाइ छ । उपन्यास लेख्दा राम्रा, नराम्रा सबै अनुभव संगालेको प्रियासनको भनाइ छ । उपन्यास नम्रताको संघर्षमय जीवनमा आधारित रहेकाले समाजमा आफू माथि उठाइएका प्रश्नहरुलाई गौण ठानेर उपन्यास लेखन कार्य अगाडि बढाएको जानकारी दिदैं प्रियासनले उपन्यासले सकारात्मक सन्देश प्रवाह गर्नुका साथै राम्रो बजार लिने विश्वास व्यक्त गरे । उपन्यासको प्रचारप्रसारका लागि प्रियासनले नोभेल नम्रता नामबाट फेसबुक पनि बनाएका छन् । नम्रता उपन्यासको बारेमा सल्लाह सुझाब लिनका लागि नोभेल नम्रताको नाममा फेसबुक बनाएको प्रियासनको भनाइ छ ।