७ कार्तिक २०८३, शनिबार

सिडियोलाई गृहमन्त्रीको कडा निर्देशन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Bamdev-Gautamपाल्पा, २० असार । उपप्रधानमन्त्री एवम् गृहमन्त्री बामदेव गौतमले आज यहाँस्थित प्रशासनिक र सुरक्षा निकायसँग भेटघाट गरी शान्ति सुरक्षा कायम गरी जनताको सेवामा समर्पित हुन निर्देशन दिनुभएको छ ।

पूर्ण साक्षर जिल्ला घोषणाका लागि प्यूठान जाने क्रममा पाल्पा आइपग्नुभएका उहाँलाई जिल्लाको शान्ति सुरक्षा तथा प्रशासनिक अवस्थाबारे प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले जानकारी गराउनुभएको थियो ।

प्रतिकूल मौसमका कारण गौतम सवार हेलिकोप्टर प्यूठान उड्न सकेको थिएन । रासस