७ कार्तिक २०८३, शनिबार

बजारबाट घर हिँडेकी डोलकुमारी जङ्गलमा मृत फेला

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फलेवास (पर्वत), २० असार । एकसाता अघिदेखि हराइरहेकी पर्वतको खुर्कोटकी एक वृद्धा मृत अवस्थामा फेला परेकी छिन् ।

पर्वतको कुस्मा नगरपालिका–५ खुर्कोट की ५८ वर्षीया वृद्धा डोलकुमारी बाँस्तोला घर नजिकैको जङ्गलमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

गत शुक्रबार कुस्मा बजारबाट घर जान हिँडेकी बाँस्तोला त्यसपछि सम्पर्कविहीन हुनुभएको थियो । बाँस्तोलाको मृत्युको कारण खुल्न नसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

मृत्युको कारणबारे अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ । रासस