सल्यान, २० असार । सल्यानमा आफ्नै बाबु आमाको हातबाट एक बालकले ज्यान गुमाएका छन् ।
सल्यानको कालागाउँ–२ बस्ने चन्द्रकला बस्नेतको १ महिनाको नावालक छोरा घरदेखि करिब ३० मिटर गहिरो गाईभैसीले पानी खाने खाल्टोमा आइतबार मृत अवस्थामा फेला परेका छन् ।
शंकास्पद उनका पति ३४ वर्षीय जीतबहादुर बस्नेतलाई कान्छी श्रीमती सिता बस्नेतसहित प्रहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको छ । प्रहरीका अनुसार बच्चाको हत्या उनीहरुले मिलेर गरेको देखिएको र पुष्टि हुन बाँकी रहेको जनाएको छ ।















प्रतिक्रिया