सिन्धुली, २० असार । सिन्धुलीमा बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ, भने एक जना घाइते भएका छन् ।
पुरानो झांगाझोली रातामाटा–४ स्थित बि.पि.राजमार्गमा बा.३ ख ५९९२ नम्बरको बसले बा.६३ प ५८४४ मोटरसाइकललाई आइतबार ठक्कर दिंदा मोटरसाइलमा सवार रातामाटा–२ बोहोरेटार बस्ने ४२ वर्षीया उमा आचार्यको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
गम्भीर घाइते भएका मोटरसाइकल चालक उमाका पति ४५ वर्षीय देबेन्द्र आचार्यलाई उपचारको लागि स्थानीय मेडिकल लगिएको छ । बसचालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रहरीका अनुसार बस चालकको ओभरट्याकका कारण उमाले ज्यान गुमाएकी हुन् । घटनाको प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।















प्रतिक्रिया